काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशन तथा दोश्रो वार्षिक सभा सम्पन्न,अध्यक्षमा मिलन ठकुरी निर्वाचित

प्रकाशित मिति :  524 पटक हेरिएको

मलेसिया । वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा कार्यरत रही काभ्रे थाक थलो भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबीच भाइचारा,एकता ,भातृत्व ,सर सहयोग गर्ने उद्धेश्यले स्थापित काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशन तथा दोश्रो साधारण सभा मलेसियामा सम्पन्न भएको छ ।

मलेसियामा सम्पन्न समाजको प्रथम अधिवेशन तथा दोश्रो साधारण सभाले आगामी दुई वर्षको लागि मिलन शाही ठकुरीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष राजमान स्याङ्तान तामाङ ,प्रथम उपाध्यक्ष दिनेश थिङ तामाङ,द्धितिय उपाध्यक्ष चमेली बम्जन तामाङ,महासचिव श्याम थिङ तामाङ, सचिव चलाखसिं तामाङ,कोषाध्यक्ष पासाङ पाख्रिन तामाङ,
सहकोषाध्यक्ष अविरल मोक्तान तामाङ,सदस्यहरु छेवाङ पाख्रिन, मिलन दोङ, नवराज मैनाली,नोर्बु तामाङ, बिल तामाङ , सबिन तामाङ, माया तामाङ,पाल्साङ वाईवा तामाङ,विजय थिङ तामाङलाई निर्विरोध निर्वाचित गरेको
र समाजको प्रमुख संरक्षक उर्गेन थोकर तामाङ संयोजकहरु : जोहोर संयोजक असिम तामाङ,पेनाङ संयोजक बुद्धिमान तामाङ , केएल संयोजक बुद्धिमान वाईबा तामाङ तथा सल्लाहकारहरु अम्बरबहादुर वाईवा, जगतसिं तामाङ , भोज दोङ तामाङ , गुणमान मोक्तान,विजय दोङ , लनम तामाङलाई छनोट गरेको समाजका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष राजमान स्याङतान तामाङले जनाएका छन् ।

तपाईको प्रतिक्रिया