माल्टास्थित श्री कालिदेवी माविमा “शैक्षिक मेला” सम्पन्न, उत्कृष्ट प्र.अ.मा ठाकुर लामा पुरस्कृत

प्रकाशित मिति :  487 पटक हेरिएको

ललितपुर,माघ १९ गते आईतबार

वाग्मती गाउँपालिका वडा नं.२ माल्टास्थित श्री कालिदेवी माविमा वाग्मती गाउँपालिका स्तरिय ” शैक्षिक मेला” गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन तामाङको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ ।

वाग्मती गाउँपालिका वडा नं.२ माल्टाका वडाअध्यक्ष विजयकुमार लो तामाङले उक्त मेलामा विद्यालयहरुका शैक्षिक गतिविधि,विज्ञानसँग सम्बन्धित सामग्रीहरु प्रदर्शनमा राखिएको जनाएका छन् ।

वाग्मती गाउँपालिका भित्र रहेका विद्यालयहरुको सहभागिता रहेको शैक्षिक मेलाको प्रदर्शनीमा उत्कृष्ट स्टल राखी प्रदर्शन गर्न सफल वाग्मती गाउँपालिका वडा नं.७ गिम्दीका श्री जनक मावि प्रथम ,नगद पुरस्कार ५ हजार,गिम्दीकै द्धितिय स्थान प्राप्त गर्न सफल श्री नारायणी मावि,नगद पुरस्कार ३ हजार , वडा नं.४ प्युटारस्थित श्री चण्डेश्वरी माविले तेश्रो स्थान,नगद पुरस्कार २ हजार र सान्त्वना पुरस्कारमा वडा नं.५ इकुडोलस्थित श्री जनजागृति माविले नगद रु.१ हजार पुरस्कार प्राप्त गरेको जनाएका छन् ।

वाग्मती गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त शैक्षिक मेलामा गाउँपालिकाभित्र शैक्षिक सत्रभित्र उत्कृष्ट कार्य गर्न सफल शिक्षक,प्र.अ.,विद्यालय व्यवस्थापन समितिलाई नगद पुरस्कार,प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले प्रदान गर्नु भएको थियो ।

यसरी पुरस्कृत हुनेमा वाग्मती गाउँपालिका वडा नं.४ प्युटारका श्री कालिदेवी माविका प्र.अ.ठाकुर थिङ लामा उत्कृष्ट प्र.अ.,आधारभुत विद्यालयतर्फ वडा नं.१ घुसेलस्थित श्री बालकुमारी आधारभुत विद्यालयका शिक्षक लक्ष्मण महत उत्कृष्ट शिक्षक,वडा नं.५ इकुडोलस्थित श्री जनजागृति माविका शिक्षक दशरथ यादव,मावि तह उत्कृष्ट शिक्षक,वडा नं.१ घुसेलस्थित श्री महाँकाल आधारभुत विद्यालय,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गौंतमले उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको उत्कृष्ट पुरस्कार,सम्मान पत्र र जनही नगद रु.१० हजार प्राप्त गरेका थिएभने वाग्मती शैक्षिक पुरस्कारबाट वडा नं.५ इकुडोलका शिक्षक नवराज संजेललाई प्रदान गरिएको वाग्मती-७ गिम्दीका वडाअध्यक्ष नवराज संजेलले बताउनु भएको छ ।

उक्त शैक्षिक मेला प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन तामाङले माघ १६ र १७ गते माल्टास्थित श्री कालिदेवी माविमा आयोजित ” राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” मा भलिबलतर्फ वाग्मती गाउँपालिका वडा नं.७ गिम्दीस्थित श्री नारायणी मावि प्रथम,श्री जनक मावि द्धितिय,वडा नं.६ आश्राङस्थित श्री विद्याधिश्वरी मावि तृतियलाई शिल्ड,मेडल,प्रमाण पत्र र सहभागितर्फ वडा नं.४ प्युटारस्थित श्री कालिदेवी मावि र वडा नं.२ माल्टास्थित श्री कालिदेवी माविलाई प्रमाण पत्र प्रदान गर्नुहुँदैं वाग्मती गाउँपालिकामा शिक्षा क्षेत्रको विकास,विस्तार र गुणस्तरको वृद्धि गर्न,गराउन वाग्मती गाउँपालिकाले सक्दो सहयोग गर्ने कुरा गर्नु भएको गिम्दीका वडाअध्यक्ष संजेलले जनाएका छन् ।

शनिबार उक्त शैक्षिक मेलामा अभिभावक,विद्यार्थी,शिक्षक,शिक्षिका,सरोकारवालाहरुको करिब,करिब १ हजारको हाराहारीमा सहभागिता रहेको शैक्षिक मेलामा विद्यार्थीहरुले गाउँ घरमा चलनचल्तीमा रहेका सामग्रीहरु,विज्ञानका प्रदर्शनी,शिक्षासँग जोडिएका सामग्रीहरु,दैनिक जीवनमा घरायसी सामग्रीहरुको प्रदर्शन गरेको उक्त कार्यक्रममा वाग्मती गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरे,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सदस्य राजु आलेमगर,वाग्मती गाउँपालिका वडा नं.२,३,४,६ र ७ वडाका वडाअध्यक्षहरु क्रमश:विजयकुमार लो तामाङ माल्टा,विष्णुप्रसाद तिमल्सिना भट्टेडाँडा,नारायणबहादुर घले प्युटार,लालबहादुर बम्जन तामाङ आश्राङ,नवराज संजेल गिम्दी,जिल्ला आयोजना कार्यन्वयन इकाई प्रमुख गुणराज पोखरेल,वाग्मती गाउँपालिका शिक्षा प्रमुख अमृत थापामगर,वाग्मती गाउँपालिका प्रेस संयोजक दीपक घिमिरे,विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्र.अ.,नेपाल प्रहरी,स्थानिय जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुको व्यापक सहभागिता रहेका थिए।

माल्टास्थित श्री कालिदेवी माविको प्राङ्गणमा सम्पन्न कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका जिल्ला सदस्य जयराम तिमल्सिनाको सभाअध्यक्षतामा सम्पन्न भएको हो । साभार तामाङपेज

तस्बिर : जयराम तिमल्सिना ।






तपाईको प्रतिक्रिया