मलेसियामा कार्यरत कामदारद्वारा रंगशाला निर्माण गर्न आर्थिक सहयोग प्रदान

प्रकाशित मिति :  1324 पटक हेरिएको

मलेसिया । मलेसियाको म्याकफुड सर्भिस एसडिएन बिएचडी कम्पनीमा कार्यरत नेपाली श्रमिक कामदारहरुले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

रंगशाला निर्माणमा थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले कम्पनी भित्र विभिन्न बिभागमा कार्यरत कामदारहरुले आफूले सकेको आर्थिक रकम सहयोग गरेको सोही कम्पनीमा कार्यरत कृष्ण गुप्ताले जानकारी दिए । रकम सङ्कलन कम्पनीमा कार्यरत शैलेस श्रेष्ठ, मेघ तामाङ लगायतको सक्रियतामा भएको हो ।

करिब ७ सय जना नेपाली कार्यरत रहेको कम्पनीको कामदारहरुले मलेसियन रिङ्गिट ५ हजार ९ सय ४३ आरएम , नेपाली रकम रु. १ लाख ६३ हजार ९ सय बत्तिस रुपैंया सहयोग सङ्कलन गरी रंगशाला निर्माण अभियान्ता कुञ्जना घिमिरे (सुन्तली) को नाममा बैंकबाट ट्रान्सफर गरी सहयोग गरेको गुप्ताले बताए ।

तपाईको प्रतिक्रिया