टर्कीको इस्तांबुलमा विमान दुर्घटना, एकको मृत्यु , १७१ भन्दा धेरै घाइते

प्रकाशित मिति :  545 पटक हेरिएको

६ फेब्रुअरी २०२०/ एजेन्सी

टर्कीको इस्तांबुलमा एक  यात्रुबाहक जहाज एयरपोर्टमा अवतरण गर्नेक्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा विमानको तीन टुक्रा भएको छ। दुर्घटना लगत्तै विमानको पछिल्लो भागमा आगलागी हुँदा कम्तीमा १५० जना भन्दा धेरै घाइते भएको छ। वोइङ ७३७ को यो विमान तीब्र गतिको हावा र भारी वर्षाको बिच अवतरण गर्दै थियो।

विमानमा १७१ यात्रु र ६ जना चालक दलको सदस्य सवार थियो। जानकारी अनुसार विमान इजमिर शहरबाट उडान भरेर इस्तांबुलको सबिहा गोजेन एयरपोर्टमा अवतरण गर्दैगर्दा दुर्घटनामा परेको हो। यस लगत्तै इमर्जेन्सी टिमले बेलैमा आगो नियन्त्रणमा लिई घाइतेहरुलाई बाहिर निकालेको थियो।

विमानमा २० बिदेशी नागरिक सवार थिए

जानकारी अनुसार दुर्घटना पछि एयरपोर्ट बन्द गरी अन्य उडानलाई डायवर्ट गरिएको छ। स्थानीय मिडियाको भनाई अनुसार विमानमा धेरै जस्तो टर्कीको नागरिक सवार थिए। अन्य देशको २० जना नागरिक पनि उक्त विमानमा सवार थिए।

घाइते यात्रु मध्ये एक दक्षिण कोरियाको नागरिक

स्वास्थ मन्त्री फहार्टिन कोजाको अनुसार एक तुर्की नागरिकको मृत्यु भएको जनाएको छ । यातायात मन्त्री मेहमतको अनुसार घाइते हुनेमा एक दक्षिण कोरियाली नागरिक हुन । इस्तांबुलको सरकारी अधिकारी हरुले दुर्घटनाको जाँच सुरु गरेको छन ।

तपाईको प्रतिक्रिया