सडक दुर्घटनामा परी मृत्यु भएको सुनिलको शव नेपाल फर्काइयो

प्रकाशित मिति :  1091 पटक हेरिएको

मलेसिया / ८ फेब्रुअरी २०२०

किराँत याक्थुङ चुम्लुङ मलेसियाको पहलमा मृतक सुनिल थाम्सुहाङ लिम्बुको सब नेपाल फर्काईएको छ। रोजगारीको शिलशिलामा ६ बर्ष अगाडि ग्लोबल स्पेस्लिस्ट एस.डि.एन बि.एच.डी कम्पनीमा आइपुगेका सुनिल गत एक बर्ष यता अबैधानिक रुपमा कार्यरत थिए।

सुनिल थाम्सुहाङ्ग पाँचथर फालेलुङ्ग गाउँपालिका वडा नम्बर-१ स्थायी निवासी हुन् । गत २५ जनुवरी राती मलेसियाको सुबाङ्ग क्षेत्र स्थित सवारी दुर्घटनामा परी उनको घटना स्थलमै मृत्यु भएको थियो। पारिवारिक पृष्ठभूमि अत्यन्त नाजुक रहेको र शवलाई नेपाल फर्काउन लागत रकम जोह गर्न नसक्ने भएपछि किराँत याक्थुङ चुम्लुङ्ग मलेसियाको नेतृत्वमा आर्थिक संकलन  अभियान संचालन गरेको थियो।

सो अभियानमा गैर आवसिय नेपाली संघ मलेसिया लगायत विभिन्न संघ संस्था तथा ब्यक्तिहरुबाट रकम सङकल गरेर आज मिति फेब्रुअरी-८ तारिख मृतकको शव नेपाल पठाई सकिएको कियाचु मलेसियाका अध्यक्ष दिल कुमार केरुङ्ग लिम्बुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया