थाई प्रहरीको अन्धाधुन्ध गोलि प्रहारबाट २१जनाको मृत्यु

प्रकाशित मिति :  336 पटक हेरिएको

 

एजेन्सी/९ फेब्रुअरी २०२०

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २१ जना व्यक्तिको मृत्यु भएको छ।

ती आक्रमणकारी सैनिकले आफू कार्यरतः सैनिक शिविरबाट एउटा स्वचालित हतियार बोकेर शहर पसेका थिए।

आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ । घटनामा २१ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया