चीनमा कोरोनो भाइरसबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ

प्रकाशित मिति :  325 पटक हेरिएको

एजेन्सी /९ फेब्रुअरी २०२०

चीनमा कोरोनो भाइरसबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको चीनको राष्ट्रिय स्वास्थ आयोग (एनएचसि) ले जनाएको छ।

चिकित्सकहरुको अनुसार अहिलेसम्म संक्रमित बिरामीको संख्या ३७,५९४ जना पुगेको जनाएको छ। चीन बाहिर हङकङमा २६ र मकाउमा १० जनामा यो भाइरस भेटिएको छ।

यो भाइरस विशेषगरी चमेराबाट जनावरमा सर्दै मान्छे सम्म पुगेको हुनसक्ने अनुमान गरिएको छ। भाइरस चीन,संयुक्त राज्य अमेरिका,ब्रीटेन,मलेसिया,सिंगापुर,फ्रान्स,रुस,स्पेन र भारत सहित विभिन्न देशमा पनि फैलिएको छ।

तपाईको प्रतिक्रिया