पार्टी एकता सुदृढ गर्ने जिम्मेवारी अब कार्यकर्ताको हातमाः अध्यक्ष दाहाल

प्रकाशित मिति :  464 पटक हेरिएको

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता सुदृढ गर्ने जिम्मेवारी अब कार्यकर्ताहरुको हातमा रहेको बताएका छन् । आइतबार बाँकेको कोहलपुरमा प्रदेश नं. ५ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी द्वन्द्वात्मक भौतिकवादी हौं । हामी सामाजिक, सांस्कृतिक, राजनैतिक रुपान्तरण तिर जानु पर्दछ ।’

उनले सरकार संचालन आवश्यक नीति तय गर्न र सरकारका कमजोरीलाई सच्चाउन पार्टी कमिटिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘सर्वहारा वर्ग कमजोरी नगर्ने र भैहाल्यो भने सच्याउने तर बुर्जवाहरु कमजोरी गर्ने र लुकाउने यही फरक छ ।’
पार्टी एकता जनताको भावनालाई सम्बोधन गर्न, राष्ट्रियता सुदृढ गर्न र स्थिरता कायम गर्नका लागि भएको उनको भनाई थियो ।

विगतमा पार्टी एकताको मुख्य आधार भनेको वैचारिक÷राजनैतिक भएको उनको भनाई थियो । उनले शान्तिपूर्ण प्रतिष्पर्धाबाट जनताको लोकप्रिय मत प्राप्त गरी सरकार बनाउने र समाजवाद आधार तयार पार्ने भन्ने दुबै पार्टीको राजनीतिक लाइन भएकाले नै पार्टी एकताको आधार तयार भएको बताए ।

तपाईको प्रतिक्रिया