छ वर्षपछि भारतको अर्थतन्त्रमा सामान्य वृद्धि

प्रकाशित मिति :  320 पटक हेरिएको

भारतमा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा छ वर्षपछि पहिलो पटक सामान्य आर्थिक वृद्धिदर देखिएको सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार यस वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धि दर ४.७ प्रतिशत कायम भएको देखिएको छ ।

एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा लगानी खुम्चिँदा औद्योगिक उत्पादनमा कमी आउनुका साथै वेरोजगारी दरमा चार दशक यताकै उच्च अवस्थाको सामना गर्नुपरेको थियो । तर शुक्रबार सार्वजनिक तथ्याङ्कमा सन् २०१९ को पहिलो त्रैमासमा ०।२ प्रतिशतको आर्थिक वृद्धि भएको देखिएको छ ।

यो निरन्तरका सात त्रैमासपछिको पहिलो सुधारको सङ्केत हो । निम्न आर्थिक वृद्धिका कारण भारतीय अर्थतन्त्रमा सन् २०१४ पछि कूल ग्राहस्थ उत्पादन खराब रहँदै आएको थियो ।

अर्थशास्त्रीहरूका अनुसार भारतले प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने लाखौँ व्यक्तिलाई रोजगारी दिनुपर्ने अवस्था रहेकाले मुद्रास्फीति दर भने सात प्रतिशतभन्दा निकै तल रहेको छ । भारतको वार्षिक आर्थिक वृद्धिदर सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि गत वर्ष सबैभन्दा निम्न अर्थात् पाँच प्रतिशतमा झरेको थियो ।

पछिल्लो त्रैमासिक तथ्याङ्कले गत डिसेम्बरमा चीनमा सुरू भएको नयाँ कोरोनाभाइरस महामारीको अन्तर्राष्ट्रिय प्रसारको समयावधिलाई समेटेको छ ।

यसको प्रकोपले भारत र विश्वभरिको आपूर्तिको श्रृङ्खलामा प्रभावित गरेको छ र अन्तर्राष्ट्रिय बजारहरूलाई अनियन्त्रित गिरावटतर्फ धकेलेको छ ।

तपाईको प्रतिक्रिया