चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न शिक्षा मन्त्रालयको निर्देशन

प्रकाशित मिति :  308 पटक हेरिएको

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन आग्रह गरेको हो । सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न आग्रह गरेको छ । आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धाीरत तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया