६ किलो सुनसहित मकवानपुरको रातमाटेबाट भारतीय पक्राउ

प्रकाशित मिति :  402 पटक हेरिएको

हेटौंडा । त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा मंगलबार बिहान प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

सुन कूल छ किलो २८९ ग्राम ३५० मिलीग्राम रहेको जनाइएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसमा जाँच गर्दा बसमा सवार अब्दुलले बोकेको कालो झोलामा मोटर पार्टस् जडान हुने फलामको बेरिङजस्तो देखिने चार थान, फलामको पास्ताको बेरिङ दुई थान र फलामको मिट बेरिङ दुई थान पार्टभित्र लुकाइछिपाइ ल्याएको अवस्थाका बरामद गरिएको हो ।

बरामद गरिएको सुनको मूल्य करिब चार करोड २७ लाख, ५८ हजार ७७४ रुपैयाँ छ । थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया