दुई बच्चा सहित महिला बेपत्ता खोजी गर्न श्रीमान को आग्रह

प्रकाशित मिति :  683 पटक हेरिएको

४ मार्च २०२० भारत / रोल्पा जिल्ला साविकको गजुल गाबिस वार्ड न.८ क्वालिगाउ स्थायी बसोबास गर्दै आएका लिला सुनार केही दीन अगाडि देखि बेपत्ता भएकी छन।श्रोतका अनुसार दुई सन्तानकि आमा सुनार गत सनिवार ७ बर्षिय छोरी खुसी र ५ बर्षिय छोरो आशिष सुनार सहित ठूलो बुवा लाई भेट्न जाने भनेर निस्किएका उनिहरु हालसम्म आफ्नो आफन्तको सम्पर्कमा न आए पछी सबै अचम्ममा परेका छन।

उनका श्रीमान गणेश सुनार र दुई सन्तान सहित हाल रोजगारीको शिलशिलामा भारतको दिल्ली स्थिति  आरके पुरम सेक्टर १२ मा  बिगत ५ बर्ष देखि बस्दै आएका थिए।
श्रीमान गणेश काम बिशेषले भारत देखि १० दिनको छुट्टि लिएर स्वदेश फर्किएका थिए।छुट्टीको समय बिताएर कर्मभुमी भारत पुग्दा त्यहा अवस्थित सधैं बस्ने कोठामा बालबच्चा सहित श्रीमती नभेटेपछि अचम्ममा परेका छन।

गणेशको आफन्त तथा आसपासका छिमेकीहरु लाई सोधपुछ गर्दा पनी ठुलोबुवा लाइ नै भेट्न जाने भनेर गत शनिबार बिहान कोठाबाट हिडेका बताए।अचानक रहस्यमय तरिकाले दुई नानिहरु सहित श्रीमती गायब भएपछी गणेशले खोजिदिन समेत आग्रह गरेका छन।गर्ववती श्रीमती र दुई सन्तान अचानक गायब भएपछि गणेशको मनमा निराशा बाहेक केही गर्न सकिरहेका छैनन।

गणेशको भनाइ अनुसार कुनै प्रकारको पारिवारिक कलह नभएको र लापता हुनुपर्ने ठोस कारण पनि खासै नभएको बताए, आफ्नो श्रीमतिले छोराछोरी सहित किन र कसरी लापता भइन भन्ने बारे आफू अनबिज्ञ रहेको मलेशियामा कार्यरत रहेका आफ्नो साथी दिपक सघर्ष लाई टेलीफोन कुराकानीमा बताए।

सामाजिक सन्जालमा भएका आफ्ना साथिहरु लाइ उक्त घटना बताउदै बेपत्ता श्रीमति र छोराछोरी खोज्न सहयोगको अपिल गरेका छन!बेपत्ता भएको आज पाचौं दिन सम्म पनि आफ्नो छोराछोरी र श्रीमती को खबर कतै बाट पनि प्राप्त भएको छैन।जिउदा छन वा मृत केही अत्तोपत्तो छैन,उनले थपे।यदि कहिकतै कसैले फेलापार्नु भएमा तल उल्लेखित गणेशको  सम्पर्क नम्बरमा जानकारी गराइदिन अनुरोध गरेका छन।

श्रीमान गणेश सुनार फोन: 00919971369741

तपाईको प्रतिक्रिया