कोरोनाका कारण इटालीमा मृतकको संख्या २५ सय नाघ्यो, अमेरिकाका ५० वटै राज्यमा संक्रमण

प्रकाशित मिति :  347 पटक हेरिएको

 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने फैलिइरहेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ ।

बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८० हजार उपचारपछि घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् ।

त्यस्तै युरोपेली मुलुक इटालीमा दिनप्रतिदिन संक्रमण फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या ३१ हजार नाघेको छ । इटालीमा निको हुनेको संख्या भने करिब ३ हजार रहेको छ ।

स्पेनमा मृतकको संख्या ५३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सयभन्दा बढी रहेको छ । इरानमा पनि थप १३५ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ । इरानमा बुधबार बिहानसम्म ९८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ हजार नाघेको छ ।

वेस्ट भर्जिनिया राज्यले मंगलबार पहिलो संक्रमण पुष्टि गरेसँगै अमेरिकाका ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया