भारतमा २१ दिने लकडाउन सुरु

प्रकाशित मिति :  371 पटक हेरिएको

भारत सरकारले देशलाई तीन साता लकडाउन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातिदेखि लागू हुने गरी भारतलाई तीन साता लकडाउन गर्ने घोषणा गरेका हुन् ।

कोरोना संक्रमणले भयावह रुप लिनसक्ने भन्दै देशलाई लकडाउन घोषणा गर्नुपरेको उनले बताएका छन् । उनले देशबासीलाई सरकारी निर्देशनको पालना गरी कोरोना भाइरसलाई पराजित गर्न सहयोग गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया