कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारी मारियाको निधन,विश्वभर मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघ्यो

प्रकाशित मिति :  389 पटक हेरिएको

कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन भएको छ । ८६ वर्षीया टेरेसाको कोरोना संक्रमणबाट शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन् । कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएकोडेलीमेललेउल्लेख गरेको छ । उनी सन् १९३३ जुलाई २८ मा जन्मेकी थिइन् । पछिल्लो २४ घण्टामा स्पेनमा आठ सय ४४ जनाको मृत्यु भएको छ ।  स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैबीच विश्वका एक सय ९९ देश र अरु दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै ३१ हजार पुगेको छ । अहिलेसम्म ६ लाख ६२ हजार ९ सय ६७ जना संक्रमित भएकामा ३० हजार आठ सय ५६ जनाकोमृत्यु भएको वल्डोमटिरले जनाएको छ । एक लाख ४१ हजार ९ सय ५३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १० हजार २३ जनाको मृत्यु भएको छ भने अमेरिकामा एक लाख २३ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया