विश्वभर कोरोनाका कारण १ लाख ९७ हजार भन्दाबढीको मृत्यु, सङ्क्रमितको संख्या २८ लाख नाघ्यो

प्रकाशित मिति :  329 पटक हेरिएको

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको संख्या २८ लाख नाघेको छ ।

२ सय १० देश र दुई पानी जहाजमा फैलिँदा २८ लाख २९ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ लाख ९८ हजार ६ सय २८ जना यपचारपछि निको भएर घर फर्किएका छन् ।

१ लाख ९७ हजार भन्दा बढीको मृत्यु भएको वल्डओमिटरले जनाएको छ । गएको २४ घण्टामा १ लाख ३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ६ हजारभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।

अमेरिकामा मात्रै ९ लाख २५ हजार ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५२ हजार १ सय ८५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको वल्डओमिटरले जनाएको छ ।

यस्तै इटालीमा साढे २५ हजारभन्दा बढी, स्पेनमा साढे २२ हजारभन्दा बढी, फ्रान्समा २२ हजारभन्दा बढी र बेलायतमा साढे १९ हजारभन्दा बढीको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया