बागलुङकी १९ वर्षीया युवती कोरोनालाई जितेर डिस्चार्ज, निको हुनेको संख्या ११ पुग्यो

प्रकाशित मिति :  318 पटक हेरिएको

नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी १९ वर्षीया युवती उपचारपछि निको भएर घर फर्किएकी छिन्।

धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत १९ वर्षीया युवती कोरोना भाइरस मुक्त भई अस्पतालबाट शुक्रबार राति डिस्चार्ज भएकी हुन् ।

छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनी अस्पतालबाट डिस्चार्ज भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने अस्पतालले जनाएको छ ।

यसअघि ती युवतीसँगै बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी थिइन् । नेपालमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ११ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया