निर्वाचन आयोगद्वारा कोरोना विशेष कोषमा ४ लाख ९३ हजार रुपैयाँ जम्मा

प्रकाशित मिति :  582 पटक हेरिएको

निर्वाचन आयोगले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रमुख आयुक्त र आयुक्त तथा कर्मचारीका तर्फबाट सहयोग गरेको छ ।

आयोगले उक्त कोषको खातामा प्रमुख आयुक्त तथा आयुक्तबाट १५ दिनको पारिश्रमिक ९८ हजार ५१० र गत चैत ११ गते नेपाल सरकार मुख्य सचिवस्तरबाट भएको निर्णयअनुसार आयोगमा कार्यरत कर्मचारीको तोकिएबमोजिम दिनको पारिश्रमिक ३ लाख ९५ हजार ४२५ गरी जम्मा ४ लाख ९३ हजार ९ सय ३५ रुपैयाँ जम्मा गरेको जनाएको छ ।

साथै आयोगअन्तर्गतका जिल्ला निर्वाचन कार्यालयलाई तोकिएबमोजिम दिनको पारिश्रमिक रकम उक्त कोषमा जम्मा गर्न निर्देशन गरिसकिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया