कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघ्यो,२९ लाख २१ हजार बढी संक्रमित

प्रकाशित मिति :  356 पटक हेरिएको

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।

हालसम्म महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण २ लाख ३ हजार २ सय ८९ जनाले ज्यान गुमाएका छन् । २९ लाख २१ हजार भन्दा बढीमा कोरोना पुष्टि भएको छ ।जसमध्य आठ लाख ३६ हजार ९ सय ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।अमेरिकामा सबैभन्दा धेरै ५४ हजार २ सय ६५ को मृत्यु भएको छ ।

अमेरिकामा ९ लाख ६० हजार ८ सय ९६ संक्रमित भएको वल्डोमिटरले जनाएको छ । त्यस्तै, इटलीमा २६ हजार ३ सय ८४, फ्रान्समा २२ हजार ६ सय १६, स्पेनमा २२ हजार ९ सय २ तथा बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया