सुनसान बन्यो इन्द्रसरोवर फाखेलको स्याउली बजार तरकारी केन्द्र

प्रकाशित मिति :  964 पटक हेरिएको

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ फाखेलमा अबस्थित स्याउली बजार तरकारी केन्द्र सुनसान बनेको छ । यो समयमा धमाधम कृषकहरू आफ्नो तरकारी बेचिरहने समयमा कोरोना भाइरसको संक्रमणले गर्दा देश लकडाउनको मारमा पर्दा दिनहुुँ लाखौंको तरकारी बिक्री बितरण गर्ने स्याउली बजार तरकारी केन्द्र सुनसान रहेको हो ।
यो बेला ठीक तरकारीको मौसम भएको र यही समयमा लकडाउनको समस्यामा पर्दा उत्पादन भएको तरकारी कहाँ लगेर बेच्ने भन्ने यहाँका किसानहरु चिन्तित भएको स्थानीय ऐस्वार्य लामाले बताइन् । काठमाडौं हुँदै हेटौंडा पुग्ने छोटोे दुरीको यो सडक खण्डमा दिनहुँ हजारौं साना सवारी साधन गुड्ने गरेको र उनीहरुले तरकारी नै किन्ने गरेकोमा अहिले लकडाउनले गर्दा बजार सुनसान रहेको लामाले जानकारी दिएकी छिन् ।

तपाईको प्रतिक्रिया