तिलू गुरुङ “प्रीति” का तीन मुक्तकहरु

प्रकाशित मिति :  1327 पटक हेरिएको

~~~तीन मुक्तकहरु~~~
(१)
सबै सामु मेरो साथमा रमाए झैं गर्छौ!
अप्ठेरोमा छोड्छौ फेरि समाए झैं गर्छौ!!
भित्र-भित्रै मलाई नै दबाबमा पिल्साएर!
अनि जिन्दगीको पीरव्यथा थमाए झैं गर्छौ!!

(२)
झर्न दिन्न आँसु भनी रुने बनाउछ कि?
दिन-रातै तिम्रो पाउ छुने बनाउछ कि??
मेरा हरेक सपनाको, बलि चढाइएर!
सधैंभरि जुठो भाँडा धुने बनाउछ कि??

(३)
तिमी बस्ने मेरो मुटु, काटिदिनु होला!
अलिअलि गर्दै माया,फाटिदिनु होला!!
कसैले सोधे तिम्रो,मेरो सम्बन्धको बारे!
ठीकै छ भनि सबैलाई, ढाटिदिनु होला!!

✍️ तिलू गुरुङ “प्रीति”

तपाईको प्रतिक्रिया