गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना, संक्रमित ३४८ पुग्यो

प्रकाशित मिति :  229 पटक हेरिएको

५ असार, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा गरि थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका बागलुङमा १४ जना, पूर्वी नवलपरासीमा २ जना, कास्कीमा ६ जना र स्याङ्जामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया