विदेशमा मृत्यु भएका २३ नेपालीको शव स्वदेश ल्याइयो

प्रकाशित मिति :  545 पटक हेरिएको

५ असार, काठमाडौं । विदेशमा मृत्यु भएका २३ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइएको छ ।

कतारबाट २० , दुबईबाट १ र कुवेतबाट २ शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका स्राेतले जानकारी दिएकाे छ ।

लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट विदेशमै अड्किएका शव पनि आइरहेका हुन्।

तपाईको प्रतिक्रिया