मकवानपुरका ६ जनामा कोरोना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  319 पटक हेरिएको

५ असार मकवानपुर । मकवानपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरको हेटौंडा प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जोगेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । कोरोना संक्रमण पुष्टि भएका सबै मनहरी गाउँपालिकाका रहेका छन् ।

संक्रमण पुष्टि हुने ५ पुरुष र १ महिला मध्य मनहरी गाउँपालिका वडा नं- १, २ र ७ का क्रमशः २, ३ र १ जना गरि ६ जना रहेको जानकारी दिइएको छ ।

संक्रमित सबै भारतबाट आएर मनहरी ३ मा रहेको क्वारेन्टाइनमा रहेका हुन् ।

तपाईको प्रतिक्रिया