मकवानपुरमा एक महिलाको मृत्यु, हत्याको आरोपमा ससुरा र नन्द पक्राउ

  अस्मिता स्मृति प्रकाशित मिति :  594 पटक हेरिएको

५ असार, मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ कि २२ वर्षीया सुस्मिता थापाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतक सुस्मिताका ससुरा र नन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

सुस्मिताको शब असार २ गते भान्सा कोठामा फेला परेको थियो । सुस्मिताको टाउकोमा चोट लागेको र भान्सामा रगत बगेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि मृतकका ५८ बर्षिय ससुरा प्रकाश थापा र २३ वर्षीया नन्द सीता थापालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रानाले बताए । उनीहरुलाई ज्यान सम्बन्धि कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया