नाबालिकालाई बेच्न खोज्ने एक महिला पक्राउ

  नयाँ बिहानी प्रकाशित मिति :  272 पटक हेरिएको

६ असार , मकवानपुर । नाबालिकालाई बेच्न खोज्ने एक महिलालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार बस्ने वर्ष १९ कि रानी भनिने ज्योति चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाबाट प्रदेश ३-०३-००१ ह ००६१ नम्बरको अटोमा राखी हेटौंडा ४ बस्ने ७ वर्षीया नाबालिकालाई बेच्न भारत तर्फ लैजाने क्रममा हेटौंडा १५ पशुपतिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धान सुरु गरिएको प्रबक्ता रानाले बताए ।

तपाईको प्रतिक्रिया