गण्डकीमा शनिबार थप ५८ जनामा कोरोना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  272 पटक हेरिएको

६ असार, काठमाडौं । गण्डकी प्रदेशमा शनिबार बिहान थप ५८ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

प्रदेशका तनहुँ, नवलपुर, गोरखा, कास्की, म्याग्दी लगायत सात जिल्लामा गरी थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

तपाईको प्रतिक्रिया