विश्वभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४६ लाख २५ नाघ्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  265 पटक हेरिएको

६ असार, काठमाडौं । विश्वभर ४६ लाख २५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।

८७ लाख ५७ हजार ७ सय ३४ जनामा कोरोनाको सङ्क्रमण पष्टि भएकामा ४६ लाख २५ हजार ४ सय ४५ जना कोरोनामुक्त भएका छन् । यस्तै ४ लाख २६ हजार ५ सय भन्दाबढी मृत्यु भईसकेको वर्ल्डओमिटरमा उल्लेख छ।

सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा २२ लाख ९७ हजार १ सय ९० जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । संक्रमितमध्य ९ लाख ५६ हजार भन्दा बढी निको भएका छन् ।

अमेरिकापछि ब्राजिलमा सङ्क्रमण तिव्र गतीमा बढिरहेको छ । १० लाख ३६ हजार भन्दा बढीमा सङ्क्रमण भएकोमा ४९ हजार भन्दाबढीको मृत्यु भएको । यस्तै रसियामा ५ लाख ६९ हजार बढी संक्रमित भएका छन् भने ७ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया