प्रभावन जेको लोकदोहोरी गीत “आउछु फर्केर” सार्वजनिक

  अस्मिता स्मृति प्रकाशित मिति :  870 पटक हेरिएको

६ असार, काठमाडौं । विश्वमामै महामारी जस्तो विकराल रुप लिएको कोरोना भाइरसले आम जनमानसमा भयावह र तनावग्रस्त स्थिति सिर्जना गरेको छ । दिन प्रतिदिन संक्रमितको बढ्दो संख्या र बढ्दो मृत्युदरको कारणले पनि जनमानसमा थप भय उत्पन्न भएको हो ।

यसै अवस्थाको यथार्थ चित्रण गर्ने उद्धेश्यले विदेशी भुमिमा रहेका नेपालीले भोगेको पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरी गीत “आउछु फर्केर” सार्वजनिक भएकाे छ ।

डिएआर मुभिजले बजारमा ल्याएकाे उक्त गीतमा
लोक तथा दोहोरी गायक, सर्जक प्रभावनजेकाे शब्द , लय र स्वर रहेकाे छ, भने स्मृति गाैतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुली को अभिनय रहेकाे छ । क्यामेरा पिटर गुरुङ , सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र व्यवस्थापन बिबेक चौलागाईंले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा विशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गरेका छन् ।

योसँगै केही समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गीतहरु कालापानी, काेराेना (कोभिड-१९), घरमै बसाैनकाे साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे ।

डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालन समिति सदस्य राजाराम गौतमले भने, “यो गीत हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले बजारमा ल्याएका हौं ।”
गीत हेर्नुहोस् :
(भिडियो सहित)

तपाईको प्रतिक्रिया