प्युठानमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१ पुग्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  272 पटक हेरिएको

६ असार, प्युठान । प्युठानमा थप ८ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको सरुमारानी गाउँपालिकाका ५ जना र स्वर्गद्वारी नगरपालिकाका ३ जना गरी ८ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यलय प्युठानका फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

तपाईको प्रतिक्रिया