गुल्मीमा जिप दुर्घटना, घटनास्थलमै एक जनाको मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  505 पटक हेरिएको

६ असार, गुल्मी। गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार दिउँसो गुल्मीको धुर्कोट गाउँपालिका–३, हाँडहाडेमा पहिरोले ग १ ज ३९९७ नम्बरको जिप पुर्दा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १९ वर्षका तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको जिप पुंरिदा पाँच जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया