दाङमा एक स्वास्थ्यकर्मीसहित थप तीनजनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  304 पटक हेरिएको

७ असार, दाङ । दाङमा एक स्वास्थ्यकर्मीसहित थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणमा घोराहीका २ जना र लमहीका १ जना गरी तीनजनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमा घोराही उपमहानगरपालिका वडा नं- १५ का २४ वर्षीया महिला र वडा नं- २ का ४२ वर्षीय पुरुष रहेका छन् । संक्रमित महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकै कर्मचारी रहेको प्रतिष्ठानका रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिए ।

त्यसैगरी लमही नगरपालिका–५ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ६३ पुगेको छ ।

तपाईको प्रतिक्रिया