भिमफेदिका प्रहरी निरीक्षक घुस रकम सहित पक्राउ

  अस्मिता स्मृति प्रकाशित मिति :  526 पटक हेरिएको

७ असार, मकवानपुर । मकवानपुरको भिमफेदी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम बालक राय घुस रकम सहित पक्राउ परेका छन् ।

भिमफेदी गाउँपालिका स्थित सगरमाथा होटेलबाट १२ हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी प्रमुख डि आइ जि बसन्त कुमार लामाले जानकारी दिए । रायलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक रायलाई प्रदेश प्रहरी कार्यालय हेटौंडामा नियन्त्रणमा राखिएको र अनुसन्धान पछी कार्बाही प्रकृया अघि बढाइने बताए ।

तपाईको प्रतिक्रिया