प्युठानमा थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या सय पुग्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  292 पटक हेरिएको

७ असार, प्युठान । प्युठानमा थप १९ जनामा कोरोना संक्रमण ( कोभिड-१९) पुष्टि भएको छ ।

आईतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले जानकारी दिनुभएको छ ।

संक्रमित मध्ये प्युठान नगरपालिकाका ९ जना , माण्डबी गाउँपालिकाका ६ जना , नौबहिनी गाउँपालिकाका ३ जना, गौमुखी गाउँपालिकाका १ जना गरी कुल १९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या सय पुगेको छ ।

तपाईको प्रतिक्रिया