मोरङमा करेन्ट लागेर एक जनाकाे मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  320 पटक हेरिएको

७ असार, काठमाडौं । मोरङ बुढीगंगा-५ दिपुटोल बस्ने २५ वर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे बिराटनगर-६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो ।

करेन्ट लागी बेहोस भएका उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम लगिएकोमा उपचारकै क्रममा उनको दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक सन्तोष सोही स्टोरमा ओल्डिङको काम गर्दै आएको र घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया