कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्याे

  अस्मिता स्मृति प्रकाशित मिति :  320 पटक हेरिएको

७ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो।

पारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया