प्रदिप रोदनको गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  2208 पटक हेरिएको

खान मन छैन भन्नू भन्दा उपयुक्त बहाना छैन!
मलाई थाहा छ कसौडीमा आमालाई पुग्ने खाना छैन!

जसलाई बाटो छोड्दा म लडे उहीँ हाँसेर गयो,
महोदय अरुको भलो चिताउने त जमाना छैन!

फुटपाथमा लुगा बेच्नेहरुलाई जरिवाना छ यहाँ,
कलिलो नानीको लुगा च्यात्ने लाई जरिवाना छैन!

म बगर हुँ उस्को पैतलाको डोब अझै छ यो छातीमा
ऊ पनि रहेछ जहाँ म बसेको कुनै निशाना छैन!

भित्तो लड्ने डर पनि सकिन्छ एक बर्खा पछि,
अब हुरीको डर सकियो हिजो देखि छाना छैन!

तपाईको प्रतिक्रिया