भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोराना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  245 पटक हेरिएको

चितवन । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार २४९ जनाको परीक्षणमा चितवनमा थप पाँचजना र १६ जना अन्य जिल्लाका छन् ।

अस्पतालले दिएको जानकारीअनुसार संक्रमितमध्ये चारजना माडीका हुन् भने एकजना भरतपुरका हुन् । संक्रमितहरू माडी नगरपालिका वडा २, ५, ६ र ८ मा एक–एक संक्रमित फेला परेका छन् । उनीहरू ४७, २८, ३४ र ३२ वर्षका पुरुष हुन् । यस्तै भरतपुर महानगरपालिकाको वडा २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर, गैंडाकोट वडा १७ का दुई पुरुष, नवलपुर बुलिङटार वडा ३, ४, ५, ६ का १४ पुरुष रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । बांँकी २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया