राममाया कुतालका मुक्तकहरु

  अस्मिता स्मृति प्रकाशित मिति :  590 पटक हेरिएको

लिएर आयो बसन्तले सुन्दर लाली बोकेर !
बनपाखा पखेराहरुमा हरियाली बोकेर !
लटरम्म पाके होलान् ऐसेलु र काफल !
रम्दै गाउँदै छे कोइली खुसियाली बोकेर !

जिन्दगी पिडै पिडाको मेला रहेछ !
दु:ख परेको बेलामा अकेला रहेछ !
जसलाई मित्र ठान्यो उहि सत्रु बन्छ !
आफ्न हुने त धन भाको बेला रहेछ !

मैले आफन्तलाई नै चिन्न नसक्दा !
पराइहरुलाई नै चिन्न नसक्दा !
अब त विश्राम माग्दै छ जिन्दगीले नि!
दोहोरो चरित्र बोकेर हिन्न नसक्दा !

तपाईको प्रतिक्रिया