दुई जना स्वास्थ्यकर्मी सहित प्युठानमा थप २३ जनामा कोरोना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  284 पटक हेरिएको

८ असार, प्युठान । प्युठानमा थप २३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको स्वाव परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी पनि हुन ।

प्युठानमा सोमबार कोरोना संक्रमण पुष्टि भएकाहरूलार्ई यसअघि नै क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । लकडाउनको समयमा भारतबाट घर आइपुगेका २१ जनालाई प्युठान नगरपालिका– ३ स्थित सरस्वती प्राबी सेपुङको क्वारेन्टाइनमा राखिएको थियो ।

यो संगै प्युठानमा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ।

तपाईको प्रतिक्रिया