प्युठानमा १८ वर्षीया महिलाले जन्माईन क्वारेन्टिनमै छोरा

  अस्मिता स्मृति प्रकाशित मिति :  252 पटक हेरिएको

९ असार, प्युठान। जिल्लाको मल्लरानी गाउँपालिकामा एक महिलाले क्वारेन्टिनमै बच्चा जन्माएकी छन ।

मल्लरानी गाउँपालिका वडा नम्बर ४ स्थित खलंगा जनजागृती मा.वि. कसेरी क्वारेन्टाईनमा रहनुभएकी १८ वर्षीय सिता खड्काले छोराको जन्माएको वडा अध्यक्ष कुमार श्रेष्ठले बताए । प्राथमिक स्वास्थ्य प्रमुख सान्त रोकाले सितालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी ल्याईएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । डाक्टर रोकाका अनुसार सुत्केरीको आरडिटी रिपोर्ट नेगेटिभ आएको र पीसीआर परिक्षणको रिपोर्ट नआउँदा सम्म क्वारेन्टाइनमै राखिने छ ।

मल्लरानी गाउँपालिका – ४ कसेरी कि सिता भारतको पन्जाबबाट ७ दिन पहिले श्रीमानसँगै गृह जिल्ला आइपुगेकी थिइन् । गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्ने र पोषणको आवश्यकता पर्ने हुँदा पालिका स्तरीय स्वास्थ्य इकाईले व्यवस्थापन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया