कल्पु जोशीका गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  978 पटक हेरिएको

पहिलो गजल:
अब यो ज्यु ज्यान जवानी बनाउनु छ !
प्रेमको अनौठो छुट्टै कहानी बनाउनु छ !
तिमी मलाई प्रेम प्रस्ताव राख्न आयौ !
तिम्रो जिन्दगी मेरै मनोमानी बनाउनु छ !
भरपुर प्यार हृदय दिन सक्छौ तिमीले!
मेरो मुटु तिम्रो मायाको खानी बनाउनु छ!
तिम्रो स्पर्शले रङ्गीन दुनियाँ सजाउन पाउ!
सत्य तिम्रो थर जोडेर फलानी बनाउनु छ!
देखेर डाहा ईर्ष्या गरि जल्नेहरु जलिरहुन्!
तिमी राजा म आफूलाई रानी बनाउनु छ!

दोस्रो गजल:
आश नै मरेपछि सासको के काम!
बस्नु छैन दिएको बासको के काम!
बेवास्ता गरि हिंड्छौ माया गर्दनौ !
तिमीलाई बनाउनु खासको के काम!
पटकपटक सास रोकि दिन्छौ मेरो!
मरेको शरीरलाई हतासको के काम!
बित्यो समय कहिल्यै पर्खदैन समयले!
बितिसक्यो अब पर्दाफासको के काम!
जिवित रहुन्जेल सबैको घृणित भए!
अब त मरिसकेको लासको के काम !

तपाईको प्रतिक्रिया