सिर्जना पाेखरेलको कविता: मेरो उपहार

  अस्मिता स्मृति प्रकाशित मिति :  1035 पटक हेरिएको

सपनाहरू तुन्दै ,बुन्दै
अनवरत रूपमा बगिरहेको जिन्दगी
मेराे ठूलाे लक्ष्य
परिवारकाे भविष्य म
तिमीसँगकाे चिनारी
माया ,प्रेममा बदलिएको हाम्रो सम्बन्ध
तिमीले नै सपनाको गहिराइमा
सपना नै उनिदियाै
प्रेमकाे उर्जा भरिदियाै
मेराे सच्चा प्रेमले तिम्रो मन बुझ्न सकेनछ
अफसाेच,
मेराे जन्ममा के गल्ती थियाे
म पनि मानव नै थिएँ
अन्धाे प्रेमले मलाई बली बनायाे
कथित ठूला जात भन्नेले
कठाेर मनका धनीहरूले
मलाई प्रेमकाे ठूलाे उपहार दियाै
जीवन सँगै जिउने तिम्रा कसमहरूले
तड्पाइ तड्पाइ भेरीकाे बगरमा
सामिप्यता गाँस्दै
मलाई मेराे जीवनबाटै अन्तिम बिदा दियाै
मेराे तड्पिएकाे आत्माले
मेरी आमाकाे आँसुले
तिमीहरूकाे उपहार चिर निन्द्रामा पनि स्मरण गरिरहनेछन्
यसकाे गुन तिर्ने म सँग समय भएन
भगवान छन् भने मेराे अमुल्य उपहार फिर्ता गरून् ।
लेखक: सिर्जना पाेखरेल
मन्थली – १ ,रामेछाप

तपाईको प्रतिक्रिया