प्युठानमा थप १० जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८४ पुग्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  353 पटक हेरिएको

१० असार, प्युठान । प्युठानमा थप दसजनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका छजना र मल्लारानी गाउँपालिकाका चारजना गरी थप दसजनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा बुधबार दसजनामा कोरोना पुष्टि भएको हो ।

योसँगै जिल्लामा संक्रमितको संख्या १८४ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया