राष्ट्रियसभाको बैठक बस्दै

  अस्मिता स्मृति प्रकाशित मिति :  341 पटक हेरिएको

११ असार, काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको आज दिउँसो १ बजे बस्दैछ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका देहाय बमोजिमका विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने कार्यसूची छ ।

उक्त बिधेयकहरुमा नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक, २०७५ र संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ रहेका छन् ।

तपाईको प्रतिक्रिया