उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  284 पटक हेरिएको

११ असार, काठमाडौं । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएकाे छ ।

त्रियुगा नगरपालिका-१३ असारी बस्ने ४५ वर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको हाे ।

बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई वर्षासँगै आएको चट्याङले लाग्दा उनी घाईते भएका थिए ।

जिल्ला अस्पताल उदयपुरमा उपचार गराउने क्रममा उनको बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया