ओखलढुंगामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  454 पटक हेरिएको

११ असार, काठमाडौं । ओखलढुंगा लिखु-६ गाम्नाङटार स्थितमा एम्बुलेन्स दुर्घटना हुदा चालकको घट्नास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुंगा लिखु-४ यसम बस्ने २२ बर्षय सुदर्शन खत्री रहेका छन ।

आज बिहान प्रदेश नम्बर ३-०१-००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागी लिखुबाट गाम्नाङटार तर्फ जादै गर्दा एक्कासी अनियन्त्रित भई काक्तिके भिरबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक खत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया