रामचन्द्र मोक्तान “बिबस”का मुक्तकहरु:

  अस्मिता स्मृति प्रकाशित मिति :  986 पटक हेरिएको

आखिर बिलाइ जान्छ शरीर खरानीको के अर्थ !
तिर्खाउदा प्यास मेट्न नपाउने पानीको के अर्थ !
मरिमेटी संघर्ष गर्दै जम्मा पारिकन थुपारेको !
समस्या समाधान नहुने आम्दानीको के अर्थ !

यो जिन्दगी कसैको अमर हुन्न थाहा छ!
कुन बेला टुङ्गिन्छ यात्रा भर हुन्न थाहा छ!
सास रहुन्जेल कति तेरो र मेरो गर्छौं सधैं !
जब पाउ चल्न छोड्छ कदर हुन्न थाहा छ!

यो छिया छिया दिलको के कुरा गरुँ !
जिन्दगीको तपशिलको के कुरा गरुँ !
अँधुरो अपुरो यात्रा यो जिन्दगीको !
खुशी अनि झिलमिलको के कुरा गरुँ !

तपाईको प्रतिक्रिया