गण्डकी प्रदेशमा थप २५ जनामा सङ्क्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  258 पटक हेरिएको

१२ असार, काठमाडौं । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रवार बिहान विज्ञप्ति जारी गरी तनहुँमा २, स्याङ्जा र बागलुुङमा १/१ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २३ जना पुरुष र २ महिला रहेकाे निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यसैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको भएर ९ जना डिस्चार्ज भएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका ५ जना पुरुष तथा गोरखा नगरपालिकाका ३ जना पुरुष र १ जना महिला डिस्चार्ज भएका हुन् ।

तपाईको प्रतिक्रिया