मोरङमा पानी जमेको खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  348 पटक हेरिएको

१२ असार, काठमाडौं । मोरङमा पानी जमेको खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएकाे छ ।

मोरङको बिराटनगर महानगरपालिका-१८ आइसिपि भवन अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको हाे ।

बिहिवार दिउँसो पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखेपछि उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ बालकको मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया